काठमाडौँ — शुक्रबार देशभर थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ५ हजार ५ सय ३७ पीसीआर तथा ६ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरबाट ८३६ जना र एन्टीजेन परीक्षणबाट ६४ जना जारी कुल ९०० कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७४ हजार ८१२ रहेको छ । हाल नेपालमा ५ हजार ८ सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा ३४८ जनामा संक्रमण पुष्टि भएको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। जसमा काठमाडौं २ सय ८६, ललितपुर ४३ र भक्तपुरमा १९ जना रहेका छन्।
त्यस्तै, शुक्रबार थप ४ जनाको कोरोना संक्रमणको कारण मृ-त्यु भएको छ। जससँगै देशभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ।