काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। शुक्रबार शाहीले विश्वासको मत पाएसँगै उनको मुख्यमन्त्री पद जोगिएको हो।
माओवादी केन्द्रको तर्फबाट प्रदेश सरकारको नेतृत्व गरिरहेका शाहीले शुक्रबार विश्वासको मत लिएका छन्। शाहीलाई नेपाली कांग्रेस सँग-सँगै नेकपा एमालेका केहि प्रदेश सांसदले पनि साथ दिएका छन्।
शुक्रबार बसेको प्रदेशसभाको बैठकको दोस्रो सत्रमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत प्राप्त गरे। उनको पक्षमा २२ सांसदले मतदान गरे। ३९ सदस्यीय प्रदेशसभामा एमालेका १९, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन्।
राप्रपाका सांसदले विपक्षमा मतदान गरेपनि नेकपा एमालेका ४ सांसदहरुले शाहीलाई समर्थन गरे। शाहीलाई समर्थन गर्ने नेकपा एमालेमा सांसदहरुमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापा रहेका छन्।