कोपा डे रे को फाइनलमा चल्ला मेस्सीको जादू ?

एजेन्सी – कप्तान लिओनल मेस्सीले बार्सिलोनामा उत्कृष्टताको थप प्रमाण दिइराख्नु पर्ने आवश्यकता छैन । किनकी पटक पटक उनले क्लबका लागि उच्च प्रदर्शन गरिसकेका छन् ।

मेस्सीले एकल प्रयासमा पनि पटक पटक टोलीलाई सफलता दिलाएका छन् । यो सिजनमा पनि त्यो क्रम जारी रहेको छ । अर्जेन्टिनी सुपर स्टारले अन्य कुनै खेलाडी भन्दा फरक प्रदर्शन गर्न सक्छन् भन्नेमा कसैलाई शंका छैन । उनी टोलीको प्रेरणाका श्रोत पनि हुन् ।

बार्सिलोनाले शनिबार कोपा डे रे को फाइनलमा एथलेटिक क्लब बिल्बाओविरुद्ध खेल्दैछ । मेस्सी कत्तिको प्रभावशाली खेलाडी हुन् भन्ने एथलेटिकोलाई राम्ररी थाहा छ । कोपा डेल रेको फाइनलमा फेरि एक पटक मेस्सीमा सबैको नजर रहनेछ । मेस्सी बार्सिलोना पुगेयता बार्सिलोनो र एथलेटिक क्लबबीच ३ महत्वपूर्ण खेल भएका छन् । ती सबैमा मेस्सी अरु भन्दा फरक देखिएका छन् ।

सन् २०१५ मा क्याम्प नोउमा भएको फाइनलमा मेस्सीले सनसनीपूर्ण गोल गरेका थिए । मेस्सीले ४ डिफेन्डरलाई छलाउँदै गरेको उक्त होलको मदतले बार्सिलोना ३–१ ले विजयी भएको थियो ।

मेस्सिको सानदार इतिहास

मेस्सीको विगतलाई हेर्ने हो भने एथलेटिकविरुद्ध उनी निर्णयक रहँदै आएका छन् । एथलेटिकविरुद्ध पछिल्ला ३ फाइनलमा मेस्सीले ४ गोल गर्नुका साथै १ गोलमा एसिस्ट गरेका छन् । जुन कुनै पनि खेलाडीले गरेको उच्च प्रदर्शन हो । एथलेटिकविरुद्ध सबै खाले प्रतियोगितामा पनि मेस्सीको प्रदर्शन स्मरणीय छ । उनले एथलेटिकविरुद्धको ४० खेलमा २६ गोल र ७ गोलमा एसिस्ट गरेका छन् ।

एथलेटिकविरुद्ध मेस्सीको सम्झनायोग्य मात्र होइन विर्सनलायक केहि घटना पनि छन् । यो सिजन सुपरकोपा डे स्पानाको फाइनलमा एथलेटिकसँग बार्सिलोना पराजित भएको थियो । त्यसमा खेलको अन्त्यतिर मेस्सीले रातो कार्डको पाएका थिए । जुन उनको क्लब करिअरको पहिलो रातो कार्ड थियो । त्यसका बाबजुद पनि मेस्सी शनिबार हुने फाइनलमा महत्वपूर्ण खेलाडी रहनेछन् ।

प्रकाशित : शनिबार, बैशाख ०४, २०७८१२:०५

“मेस्सी कम्जोर हुँदैछन् भन्नु बेकार, उनी बार्सिलोनामै बस्छन्”