गयराती भएको कोपा डेल रे फाइनल खेलमा एथलेटिक बिलबाओ विरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अत्यन्त उत्कृष्ट गोल गरेका छन्। मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले बिलबाओ माथि ४-० को सहज जीत निकाल्दै सिजनको पहिलो उपाधि हितना सफल भएको छ।
गत सिजन मेस्सी र बार्सिलोनाले कुनै पनि उपाधि जित्न सकेको थिएन। च्याम्पियन्स लिगमा बार्यनसँग ८-२ को लज्जास्पद हार बेहोरेको बार्सिलोनाले लालिगा उपाधि पनि रियल म्याड्रिडको हातमा सुम्पिएको थियो। त्यस्तै, कोपा डेल रे मा बिलबाओले नै सेमी-फाइनलमा बार्सिलोनालाई पराजित गरेको थियो।
This view of Messi’s goal.. INSANE https://t.co/2MNAELbKnq
— J. 🇵🇸 (@Messilizer) April 17, 2021
तर यो सिजन च्याम्पियन्स लिगबाट बाहिरिएता पनि सिजनको पहिलो उपाधि जित्न भने सफल भएको छ। र उक्त जीतमा फेरी एक पटक नायक बने क्लब कप्तान लियोनल मेस्सी। मेस्सीले साँच्चै नै खेलको उत्कृष्ट गोल गरेका थिए। मैदानको हाफ-लाइनबाट बल पाएका मेस्सीले मिडफिल्डर डी जोंगसँग दुई पटक वान-टु खेल्दै उत्कृष्ट शैलीमा गोल गर्न सफल भए।
मेस्सीको यो गोलले २०१५ मा सोहि विपक्षी विरुद्ध कोपा डेल रे फाइनल मै गरेको गोलको केहि झलक दिन्छ। बार्सिलोना कप्तानले गरेको दुई गोलसँगै उनी कोपा डेल रे फाइनलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले अहिलेसम्म १० गोल गरिसकेका छन्।