हिरो भन्दा पनि धेरै चर्चित छन् यी बलिउड खलनायक, गुण्डाको भूमिकाले दर्शकको होस् उडाएका थिए

कुनै पनि फिल्ममा हिरो र हिरोइन निकै खास हुन्छन् तर हरेक फिल्ममा एक भिलेन भएन भने उक्त फिल्म अधुरो लाग्छ। हामीले सधैं फिल्ममा भिलेनको क्यारेक्टरलाई हिरोको कुटाई खाएको देख्ने गरेका छौं। बलिउडका सबै जस्तो फिल्ममा यस्तै हुने गर्छ। तर केहि यस्ता भिलेन पनि छन् जो हरेक दर्शकको मन-मस्तिष्कमा बस्न सफल भएका छन्। जब फिल्ममा यी भिलेनको दृश्य आउँथ्यो दर्शक माझ हिरोको इन्ट्री भन्दा धेरै उत्सुकता रहेने गर्थ्यो। जान्नुहोस् यस्ता केहि भिलेनको बारेमा…..

अजीत 

“सारा शहर मुझे लायनके नाम से जानता हे” वर्ष १९७६ मा आएको फिल्म ‘कालिचरण’ मा ‘लायन’ को रूपमा देखा परेका खलनायक अजीतलाई आज पनि बलिउड दर्शकले भुलेका छैनन्। अजीतले आफ्नो शानदार प्रदर्शनका साथ व्यक्तिहरूको मन जितेका थिए। अजीत पर्दामा आफ्नो विशिष्ट शैली र प्रतिष्ठित संवादहरूको लागि प्रसिद्ध थिए।

रन्जीत

 

रन्जीत, जसले थुप्रै फिल्ममा खलनायकको चरित्रका साथ दर्शकका होस उडाएका छन्। रन्जीतको वास्तविक नाम गोपाल बेदी हो तर सबै दर्शकले उनलाई रन्जीत नामले नै चिन्ने गर्छन्। पर्दामा सबै दर्शकले घृणा गर्ने रन्जीतको जबरदस्त व्यक्तित्व, स्टाइल र लुक्स दर्शकको मन जित्न पर्याप्त थियो। रन्जीतले फिल्ममा ३५० रे-प सीन दिएका छन्।

अमरीश पुरी 

“मुग्याम्बो खुस हुवा” सबैलाई थाहा छ कि यो डाइलग कसको हो भनेर। अमरीश पुरी त्यस्ता कलाकार हुन् जसले खलनायकको चरित्रबाट फिल्मी दुनियामा तहल्का मच्चाएका थिए। उनले हिन्दी फिल्म जगतमा यो कुरा प्रमाणित गरे कि फिल्ममा हिरोको भन्दा भिलेनको क्यारेक्टर पनि तगडा हुनसक्छ। १९८७ मा आएको फिल्म ‘मिस्टर इन्डिया’ मा अमरीशको ‘मोग्यम्बो’ को चरित्रले उनलाई सबैको मनमा ठाउँ दिलायो।

शान्ति कपूर 

बलिउडमा खलनायकको कुरा आउँदा सबैभन्दा पहिलो नाम आउने गर्छ शक्ति कपूर। फिल्म ‘अन्दाज अपना अपना’ मा उनको मास्टर गोगो वाला भूमिका बलिउड दर्शकको मनमा आज पनि गुन्जिन्छ। शक्ति कपूरले खलनायक बाहेक कमेडी रोलमा पनि देखा परेका छन्, जस मध्ये फिल्म ‘राजा बाबु’ मा उनको नन्दु नामक भूमिकाले सबै दर्शकको मन जितेको छ।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८१४:२१

फ्यान्सले रणवीर सिंहको फेशनलाई चारसँग तुलना गर्न थाले, साँच्चै नै छ गजब !