गर्मीमा अत्याधिक परफ्यूमको प्रयोग हुन सक्छ खतरनाक, क्यान्सर देखि यस्ता-यस्ता समस्या हुन सक्छन्

गर्मी मौषममा पसिना आउने समस्‍या बढ्छ। साथै शरीरबाट दुर्गन्ध आउने समस्‍या हुन थाल्छ। केहि मान्छेको भने पसिनाको कारण शरीर  गन्हाउने समस्या हुन्छ। पसिनाको कारण नराम्रो गन्ध आउने हुनाले धेरै मान्छेले परफ्यूमको प्रयोग गर्छन्। बजारमा कैयौँ प्रकारका परफ्यूम पाइन्छन् । ती मध्ये केहीको सुगन्ध हल्का हुन्छ भने केहिको निकै कडा हुन्छ।

परफ्यूमले पसिनाको दुर्गन्ध ताढा गर्छ, तर धेरै प्रयोग स्वास्थ्यको लागि हानिकारक पनि सावित हुन सक्छ ।  परफ्यूमलाई बनाउन र सयलाई लामो समयसम्म टिकाउनको लागि कैयौँ  रसायनको प्रयोग गरिएको हुन्छ। त्यस्ता रसायनले क्याम्सर सम्म गराउन सक्छन्। त्यति मात्र नभई अत्याधिक परफ्यूमको प्रयोगले निम्न समस्या निम्तिन सक्छन्।

हुन सक्छ हर्मोनल डिसब्यालेन्स

परफ्यूमको प्रयोगले हर्मोनल डिस ब्यालेन्स र स्किन एलर्जी हुन सक्छ । यसमा केहि रसायन निकै खतरनाक हुन्छन्।  यसले छालामा र्यासेज , बाझोपन र क्यान्सर जस्ता रोगको सामना गर्नुपर्ने हुन सक्छ।

अल्‍जाइमर हुने समस्‍या

परफ्यूमको प्रयोग गर्नाले  अल्जाइमर हुने  खतरा रहन सक्छ। साथै यसको गन्धले श्वास सम्बन्धि  समस्याको सामना पनि गर्नुपर्ने हुन्छ।

हुन सक्छ छालाको समस्या

छाला विशेषज्ञ अनुसार आफ्नो छाती र गर्दनमा  परफ्यूम वा अफ्टरशेव स्प्रे छर्किदा । घाममा बाहिर जाँदा सिवाएट पोइकिलोडर्मा नामक छाला समस्‍या हुन सक्छ।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८१६:४०

लामो र बाक्लो कपालको लागि प्रयोग गर्नुहोस् प्याजको हेयर मास्क ! कसरी बनाउने ? [तरिका सहित]