सुन्दर देखिनको लागि महिलाहरु विभिन्न ब्यूटी प्रोडक्टहरुको प्रयोग गर्छन् र पार्लर पनि जान्छन्। महिलाहरु सकेसम्म आफूलाई सुन्दर राख्न प्रयास गर्छन्। तर छालाको हेरचाहको क्रममा हुने साना-साना गल्तीले पनि अनुहारको रंग खराब गराउन सक्छ ।
गर्मी महिनामा अनुहारको छालालाई धेरै नै स्याहार गर्नुपर्ने हुन्छ । स्याहार गर्दा हुने साना-साना गल्तीले पनि अनुहारको छालालाई नराम्रो बनाउन सक्छ । अनुहारको छालालाई राम्रो बनाउने नाममा गर्न नहुने गल्तीहरु निम्न छन् –
फेस वाइप्सको प्रयोग
मेकअप सफा गर्न र अनुहारको धुलो र फोहोर हटाउनको लागि क्लीजिंग वाइप्सको प्रयोग गरिन्छ। तर फेस वाइप्सको धेरै प्रयोग गर्दा अनुहारको छालाको सार्हो हुन सक्छ । अनुहारमा प्राकृतिक मोइश्चराइजर कम हुन्छ र अनुहारमा जलन हुन सक्छ ।
आवश्यक भन्दा बढी स्क्रब
अनुहारको छाला निकै नरम हुन्छ। अनुहारमा धेरै समयसम्म स्क्रब गर्नाले छालामा असर पर्छ । अनुहारमा धेरै समयसम्म रगडेर सफा गर्नु हुदैन। सधैँ हातले हल्का स्क्रब गरेर अनुहार धुँदा बढी फाइदाजनक हुन्छ।
मेकअप
केहि महिलाहरु अनुहारमा दिनभरी मेकअपको प्रयोग गर्छन् र राति सुत्ने बेला मेकअप हटाउदैनन्। जसकारण छालामा असर पर्छ। मेकअप गरेको ५ देखि ६ घन्टापछि मेकअप हटाएको राम्रो हुन्छ । राति सुत्नुभन्दा पहिला मेकअप हटाउन पर्छ।
डेड स्किनलाई सफा गर्ने
केहि महिलाहरु अनुहार दिनमा धेरै पटक सफा गर्छन्। अनुहारलाई पटकपटक सफा गर्नाले अनुहार सफा हुँदैन । छालाको डेड सेल्सलाई हटाउनको लागि लिए स्क्रब गर्न निकै जरुरी हुन्छ। स्क्रब गर्नाले अनुहारको डेड स्किन हट्छ। जुनले छालामा पोषण मिल्छ। चम्किलो र नरम छालाको लागि हप्तामा एकपटक स्क्रब गर्दा राम्रो हुन्छ ।
गलत ब्यूटी प्रोडक्टको प्रयोग
बजारमा डुपलीकेट मेकअप प्रोडक्ट धेरै पाईन्छ। महिलाहरु पैसा बचाउनको लागि डुपलीकेट मेकअप प्रोडक्ट किन्छन्। जुनको प्रयोग गर्नाले छालामा असर पर्छ। छालाको हेरचाहको लागि सधैँ सही मेकअप प्रोडक्टको प्रयोग गर्नुपर्छ।