नेप्से परिसूचकमा ३५.८९ अंकको गिरावट, सेयर बजार २७ सय बिन्दुबाट तल झर्यो !

नेप्से परिसूचक २७ सय विन्दुबाट तल झरेको छ। आइतबार सेयर बजारमा ३५.८९ अंकको गिरावट आएसँगै नेप्से परिसूचक २७ सय विन्दुबाट तल झरेको हो। उक्त गिरावटसँगै नेप्से परिसूचक २६९९.५१ अंकमा अड्किएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.२९ अंक घटेर ४८६.१६ विन्दुमा झरेको छ।

म्युचुअल फण्ड बाहेक सबै समूहमा गिरावट आएको दिन आज २०७ कम्पनीको ८ अर्ब ८० करोड भन्दा बढीको १ करोड ९५ लाख २८ हजार कित्ता सेयर कारोबार भएको छ। म्युचुअल फण्डमा भने ०.०६ अंकको वृद्धि भएको छ। नेप्से ओरालो लागेको दिन सबैभन्दा बढी महिला लघुवित्त वित्तिय संस्थाको सेयर बढेको छ। ९.९३ प्रतिशतले बढेको यस कम्पनीको सेयर मूल्य १ हजार ३ सय २८ पुगेको छ।

त्यस्तै, ज्योती लाइफ इन्सुरेन्सको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ। जससँगै यसको सेयर मूल्य ६ सय २१ रुपैयाँ पुगेको छ। त्यसैगरी, यस दिन नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ। कारोबारमा आएका गुडविल फाइनान्सको शेयरमूल्य भने यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोवारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ८७ करोड ६२ लाख ९९ हजार २६८ बराबरको कारोवार भयो । यस्तै, एनआइसि एशिया लघुवित्त रु ५५ करोड ३२ लाख २७ हजार १८०, नेपाल पूर्वाधार बैंक रु २७ करोड ९८ लाख ५६ हजार ४३४, अरुण काबेली पावर रु २६ करोड ७७ लाख १८ हजार १७५, एनआइसि एशिया बैंक रु २६ करोड ३८ लाख ९७ हजार ७३०, कामना सेवा विकास बैंक रु २४ करोड ७२ लाख ५० हजार २१०, नबिल बैंक रु २३ करोड ३४ लाख २१ हजार ४१२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, गुडविल फाइनान्स ५.०९, कर्णाली डेभलपमेन्ट बैंक ४.६३, सांग्रिला डेभलपमेन्ट बैंक ४.४५, ज्योति विकास बैंक ४.२६, मल्टिप्रर्पोज फाइनान्स कम्पनी ४.२४, ग्रीन डेभलपमेन्ट बैंक ३.९२ र गुह्यश्वरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।

प्रकाशित : आइतबार, बैशाख ०५, २०७८१६:०८

सुनको मूल्य बढ्नेक्रम रोकिएन, आज सुन ६७ दिन यताकै महँगो !