शेयर बजारबाट १० कित्ते नीति हटाउने तयारी ! कति होला न्युनतम शेयर ?

काठमाडौँ – प्राथमिक साधारण शेयर(आईपीओ) बाँडफाँडमा रहेको १० कित्ते नीतिलाई हटाउने तयारी गरिएको छ। नेपाल धितोपत्र बोर्डले हाल प्रचलनमा रहेको १० कित्ते नीतिलाई हटाउने तयारी गरेको हो।

हाल कुनै पनि कम्पनीले जारी गरेको आईपीओ प्रत्यक व्यक्तिलाई १० कित्ताका दरले बाँडफाँड गर्ने गरिएको छ। यस नीतिलाई परिवर्तन गर्न नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले समेत सुफारिस गरिसकेको छ।

आईपीओ बाँडफाँड हुँदा शेयर पाउनेले कम्तीमा ५० कित्ता पाउनुपर्ने पूँजी बजार फोरमको माग छ। यस विषयलाई सम्बोधन गर्न आग्रह गर्दै फोरमले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र समेत बुझाइसकेको छ।

फोरम १० कित्ते नीति हटाउनुपर्ने पक्षमा रहेपनि साना लगानीकर्ताहरुले भने १० कित्ते प्रावधानलाई हटाउन नहुने बताउँदै आएका छन्। लगानीमा सम्पूण नागरिकको पहुँच हुनुपर्ने साना लगानीकर्ताहरु बताउँछन्। तर ठूलो लगानीकर्ताहरु भने १० कित्ताका दरले बाँडफाँड हुँदा धेरै ठाउँमा छरिने र कम फाइदा हुने बताउँछन्।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८१७:१४

कोरोनाको चपेटामा मदन कृष्णको परिवार, उनी सहित पाँच जनामा पुष्टि !