चन्द्रागिरि हिल्सको शेयर मूल्य ह्वात्तै घट्यो, ज्योतिको ह्वात्तै बढ्यो ! नेफ्राको कति ?

काठमाडौँ – सोमबार नेप्से परिसूचक ३७.५८ अंक घटेर बजार २ हजार ६६१.९३ विन्दुमा पुगेर अडिएको छ । सोमबार सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंक घटेर ४७९.१० विन्दुमा झरेको छ।

अघिल्लो दिन आइतबारको तुलनामा सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार रू. ८ अर्ब ८० करोड १८ लाख ३ हजार बराबरको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर कारोबार भएको थियो। तर सोमबार ६ अर्ब ७६ करोड ६८ लाख १ हजार बराबरको १ करोड ४२ लाख ७६८ कित्ता शेयर मात्रै कारोबार भएको छ।

आइतबार जलविद्युत् र वित्त समूहका लगानीकर्ताहरुले धेरै कमाएका छन्। सोमबार कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये वित्त समूहको ०.४८ प्रतिशत र जलविद्युत् समूहको ०.१२ प्रतिशत बढेको छ।

चन्द्रागिरिको शेयर मूल्य ह्वात्तै घट्यो

चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य सोमबार ह्वात्तै घटेको छ। चन्द्रागिरिको सोमबारको सेयर मूल्य ९.८० प्रतिशतले घटेको हो। सोमबार मात्रै चन्द्रागिरि हिल्स लिमिटेडको वित्तीय विवरण सार्वजनिक भएको थियो। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा रहेको वित्तीय विवरणले देखाएको छ। सोमबार चन्द्रागिरीको शेयर मूल्य प्रतिकित्ता २ हजार १ सय ७३ रुपैयाँमा कायम छ।

ज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढ्यो

सोमबार सबै भन्दा बढी ज्योती लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेको छ। ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य ९.९८ प्रतिशत र महिला लघुवित्तको शेयरमूल्य ९.९४ प्रतिशत बढेको छ। ज्योति लाइफको शेयर मूल्य ६ सय ८३ रुपैयाँ र महिला लघुवित्त वित्तिय संस्थाको १ हजार चार सय ६० रुपैयाँ प्रतिकित्ता शेयर पुगेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(नेफ्रा)को शेयर के भयो ?

सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(नेफ्रा)को शेयर मूल्यमा सामान्य गिरावट भएको छ। आइतबार ५ सय ८५ रुपैयाँमा अडिएको नेफ्राको शेयर मूल्य सोमबार ५ सय ८१ रुपैयाँमा झरेको छ।

प्रकाशित : सोमबार, बैशाख ०६, २०७८१८:०९

डेढ अर्बको आइपिओ जारी गर्दै मध्य भोटेकोशी ! सर्वसाधारणको भागमा कति ? हेर्नुहोस् !