एक समयमा बोल्ड अभिनेत्रीको रुपमा रहेकी ममता कुलकर्णीको आज जन्मदिन हो। १९९१ मा ममताले आफ्नो करियरको सुरुवात तमिल फिल्म ‘ननबरगल’ बाट गरेकी थिइन्।
उनले १९९२ मा फिल्म ‘तिरंगा’ बाट बलिउडमा कदम राखेकी थिइन्। त्यसपछि आएको फिल्म ‘आशिक आवारा’ ले उनलाई स्टार बनाएको थियो। तर कसलाई थाहा थियो र यी अभिनेत्री अन्डरवर्ल्ड दलदलमा फस्नेछिन् र उनको करियर नै डामाडोल हुनेछ।
ममता कुलकर्णीको जन्म २० अप्रिल १९७२ मा मुम्बईमा भएको थियो। ममताले आफ्नो फिल्मी करियरमा ‘वक्त हमारा है’, ‘क्रान्तिवीर’, ‘करण अर्जुन’, ‘बाजी’ जस्ता फिल्ममा काम गरेकी छन्। राज कुमार र नाना पाटेकरको सुपरहिट फिल्म ‘तिरंगा’ बाट फिल्ममा कदम राख्ने अभिनेत्री ममता कुलकर्णीले त्यस समयको सबै चर्चित अभिनेतासँग काम गरिसकेकी छन् ।
ममता फिल्मी करियरभन्दा धेरै विवादको कारण चर्चामा रहिन्। ममता १९९३ मा स्टारडस्ट म्यागजीनमा ट-पलेस फोटोशूटको कारण विवादमा आएकी थिइन्। त्यसपछि उनी विरुद्द १५ हजार जरिवाना गरिएको थियो। यो फोटोशूट निकै चर्चामा रहेको थियो। खबर अनुसार ममता कुलकर्णीले दुबईमा रहने अन्डरवर्ल्ड माफिया विक्की गोस्वामीसँग बिहे गरेकी थिइन्। ममताले आफ्नो बिहेको खबर सधैँ हल्ला मात्र रहेको बताएकी छन्। ममता १० वर्षसम्म विक्कीसँग मुम्बईमा बसेकी थिइन्। उनी आफ्नो श्रीमानसँग मिलेर कैयौँ अ-वैध कामको हिस्सा पनि बनेकी थिइन्।
२०१६ सालमा ममता कुलकर्णी र विक्की गोस्वामीलाई पुलिसले केन्या एयरपोर्टमा गिरफ्तार गरेको थियो। ममता कुलकर्णीको सम्बन्ध अन्डरवर्ल्ड डन छोटा राजनसँग पनि थियो।ममतालाई फिल्म अन्डरवर्ल्डको कारण मिलेको थियो। ममता अन्डरवर्ल्डसँगको सम्बन्धको कारण चर्चामा थिइन्। पहिले ग्ल्यामर्स र बोल्ड अंदाजमा चर्चामा रहने ममता कुलकर्णी अहिले साध्वी बनेकी छन् । उनले ‘अटोबायोग्राफी अफ एन योगिन’ नामको एक किताब लेखेकी छन् । अहिले उनी फिल्म इन्डस्ट्रीबाट निकै टाढा छिन्।

