शनिबार राति भएको खेलमा एथलेटिक क्लब बिल्बाओलाई ४-० ले पराजित गर्दै बार्सिलोनाले सिजनको पहिलो उपाधि जित्न सफल भयो। उपाधि जितिसकेपछि जब समय आयो ट्रफी सेलिब्रेसनको तब सबै जस्तो बार्सिलोनाका खेलाडीको एउटै चाहना थियो मेस्सीसँग कोपा डेल रे उपाधिको साथ फोटो खिच्ने।
साँच्चै नै सबै बार्सिलोनाका खेलाडी मेस्सीसँग फोटो खिच्न चाहन्थे। फ्रान्की डी जोंग, अन्सु फाती, मिरालेम पिजानिक, सर्जिन्हो डेस्ट लगायत थुप्रै खेलाडीले मेस्सी र कपका साथ फोटो खिचाए। यो भिडियो अहिले सामाजिक सञ्जाल चर्चामा रहेको छ। विभिन्न फ्यान्सले यसबारे चर्चा पनि गरेका छन्। एकले लेखे,”सबै खेलाडी पहिला मेस्सीसँग फोटो खिचाउन चाहन्छन्, त्यसपछि मात्र कपसँग।
Todos quieren tener una foto con el REY 🐐👑 pic.twitter.com/7yweHWRRvp
— Antonio Pérez (@Don_Iniestazo) April 17, 2021
अर्का एकले लेखेका छन्,”सबै युवा बीच पिजानिकलाई पनि ‘गोट’ सँग फोटो खिच्न मन लागेछ।” यस्ता थुप्रै कमेन्ट सामाजिक सञ्जालमा छन्। बार्सिलोनाको यो ट्रफी प्रशिक्षक रोनाल्ड कोमनको पहिलो उपाधि पनि हो।
खेलपछि बोल्दै कोमनले भने,”निकै खुसी छु। यो सिजन हामी कम्तीमा पनि एक उपाधि जित्न लायक थियौं। र लालिगा उपाधिको लागि पनि अन्तिमसम्म लड्ने छौं।” लिगमा बार्सिलोना ६५ अंकका साथ तेस्रो स्थानमा रहेको छ। ३१ खेलबाट ७० अंकका साथ एथलेटिको म्याड्रिड पहिलो स्थानमा छ भने ३१ खेलबाट नै ६७ अंकका साथ रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ। बार्सिलोनाले भने १ खेल कम खेलेको छ।