काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालभर १७३६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा ८७३८ जनाको परिक्षण गर्दा कुल १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस दिन ८ हजार ५५ जनाको पीसीआर परीक्षण र ६८३ जनाको एन्टीजिन परिक्षण गरिएको हो । जसमा पीसीआर परिक्षण मार्फत १६६७ जना र एन्टीजिन परिक्षणबाट ६९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ८७ हजार ५६७ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर २५१ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७५ हजार ८०६ पुगेको छ। अहिले नेपालमा ८ हजार ६ सय ५९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, सरकारले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका ११ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार १०२ पुगेको छ ।
मंगलबार पुष्टि भएको कोरोना संक्रमणको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र ६९० जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये काठमाडौँमा ५५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १०५ र भक्तपुरमा ३५ जना नयाँ संक्रमित थपिएका हुन्।