कादर खानलाई एक अभिनेता, हास्य कलाकार र लेखकको रूप चिनिन्छ। उनले बलिउडमा ४५ बर्ष बिताए। उनले बलिउडका प्राय सबै ठूला कलाकारहरुसंग काम गरे। अफगानी मुलुकका कादर खानले सबै प्रकारका पात्रहरु निर्वाह गर्ने। तर उहाँको हास्य भूमिका सबैले धेरै मन पराइएका थिए। कादर खानले धेरै नाम, प्रसिद्धि र पैसा कमाए तर उनको अन्तिम दिनहरुमा उनी एक्लै थिए। कादर खानको निधन ३१ डिसेम्बर २०१८ मा भएको थियो। तब उनि ८१ वर्षका थिए।
जान्नुहोस् अन्तिम दिनहरूमा उनको अवस्था कस्तो थियो
कादर खानले क्यानाडामा आफ्नो अन्तिम सास लिएका थिए। उनको क्यानाडामै दाहसंस्कार गरियो। कादर खानको निधन रोगका कारण भएको थियो। बित्नुभन्दा पहिले कादर खान कोमामा गएका थिए। कादर खानले अस्पतालको खाना खान अस्वीकार गरेका कारण उनकी बुहारी साहिस्ताले अस्पतालमा खाना खाना पुर्याउँथिन्। र यहिँ ‘अस्पतालको खान नखाने‘ नै कादर खानको अन्तिम शब्द थिए।
यस पछि स्वास्थ्य झन् बिग्रिदै गयो र उनले केहि बोल्न सकेनन्। केहि कुरा गर्न परेमा उनि केवल आफ्नो आँखाले इशारा गर्थे। कादर खान लामो समयसम्म अस्पतालमा बसे। कादर खानको निधनपछि उनका एक साथीले भनेका थिए, ‘उनी वास्तविक पठान थिए, ५ दिनसम्म उनले न खाना खाए , न पानी’। ‘तर पनि उनले १२० घण्टासम्म जीवनको लागि संघर्ष गरिरहे। यो सबैको बसको कुरा होइन’।
उनले आफ्नो शरीर छोडेसँगै बलिउडमा शोकको वातावरण थियो। अमिताभ बच्चन, अर्जुन कपूर, नरेन्द्र मोदी र राहुल गान्धीले समेत उनलाई ट्वीट गरी श्रद्धांजलि अर्पण गरेका थिए । कादर खानका तीन छोरा छन्। कादर खान आफ्नो कान्छो छोरा कद्दुससँग क्यानाडामा बस्थे।
निर्देशक फौजिया अर्शीले कादर खानको बारेमा केहि गोप्य कुराको खुलासा गरेका थिए। उनले भनेका थिए, ‘कादर खानलाई लाग्थ्यो कि मानिसहरुले उनलाई बिर्सिसकेका छन्। कसैले पनि उनलाई फोन गर्दैन थिए र उनको हालखबर बारे पनि चासो दिदैन थिए। अमिताभ बच्चनले मात्रै उनलाई फोन गर्थे। कादर खान असाध्यै दु:खी थिए कि उनले बलिउडमा ४५ वर्ष काम गरे तर उनलाई कहिले पद्मश्री जस्ता सम्मानको हकदार मानिएन।’
कादर खानले आफ्नो मनको सबै दु:ख फौजियासँग पोखेका थिए। यद्यपि उनको निधनपछि उनलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरियो। तब उनका छोरा सरफराज खानले भनेका थिए, “धेरै नै ढिला भयो।”