आज एक्कासी १३ सय रुपैयाले बढ्यो सुनको मुल्य, अहिलेसम्मकै महँगो भाउ!

काठमाडौँ, बैशाख ८ – नयाँ वर्ष लागेपछि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज तोलामा एक्कासी १३ सय रुपैयाँले बढेको छ। जससँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९२  हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाला सुनको मूल्य  ९० हजार ७ सय रुपैयाँ थियो।

सोमबार तेजाबी सुनको मूल्य पनि १३ सय रुपैयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९१  हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस अगाडी तेजाबी सुनको मूल्य मंगलबार ९० हजार २ सय रुपैयाँ थियो।

सुन माघ अन्तिम हप्ता यताकै महँगो

बुधबार  कायम भएको सुनको मूल्य माघ २९ गते यताकै महँगो रहेको छ। माघ २९ गते छापावाला सुन ९१ हजार ५ सय र तेजाबी सुन ९१ हजार रुपैंयाँमा कारोबार भएको थियो। यस हिसाबले आज सुन ६७ दिन यताकै महँगो रहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य बढेसंगै आज चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ

प्रकाशित : बुधबार, बैशाख ०८, २०७८११:५३

पछिल्लो ७८ दिन यताकै महँगो भयो सुन, कति ?