मुखभित्र यी ४ लक्षण देखापरे हुनसक्छ कोरोना, तुरुन्तै गर्नुहोस टेस्ट!

कोरोना भाइरसको महामारी फेरिपनि देशभरि सुरु भएको छ।  दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेको छ। पहिलेको तुलनामा अहिले मान्छेहरु धेरै संक्रमित छन्। कोरोना संक्रमित हुँदा छुट्टाछुट्टै लक्षण देखिन्छ। यसमा धेरैजसो मानिसलाई स्वाद थाहा नपाउने र गन्ध नआउने जस्ता समस्या हुन्छ।

यसैबीच नेशनल इंस्टीट्यूट अफ हेल्थद्वारा गरिएको अनुसन्धान अनुसार कोरोनाको नयाँ मौखिक  लक्षण रहेको बताईएको छ। नेचर मेडिसिनद्वारा प्रकाशित यस अध्ययनमा कोरोनाको यस मौखिक लक्षणबाट मान्छेहरु कसरी पिडित छन् भन्ने कुरा जानकारी गरिएको छ। यधपी केहि विशेषज्ञ अनुसार यस खालको लक्षण संक्रमणको कारण हुन सक्ने अनुमान रहेको छ। यो लक्षणलाई मध्यनजर गर्दै कति मान्छेले यस बारेमा थाहा पाईसकेका छन्। तर यो मौखिक लक्षण कोरोनाको  संकेत पनि हुन सक्छ।

सास गन्हाउने : सास गन्हाउनु सामान्य समस्या हो। यसकारण धेरैपटक मुख पनि सुख्खा भईरहेको हुन्छ। यो कुरालाई  मान्छेहरुले सजिलै बेवास्ता गर्छन्। तर केहि मामिलामा यसको सम्बन्ध कोरोनासँग पनि हुन सक्छ। खास गरेर मुखमा स्वाद  आउदैन।

जिब्रो पोल्नु वा सुन्निनु : अनुसन्धान अनुसार केहि व्यक्तिमा कोरोना संक्रमण जिब्रो पोल्ने वा सुन्निने लक्षणबाट नि हुन सक्छ। यसका साथै  शरीरमा हल्का र्यासेज पनि आउन सक्छ। यी संकेतलाई याद गर्न नभुल्नुहोला।

जिब्रोको रङ बदल्नु : जिब्रोमा सेतो दाग आउनु वा धेरै रातो हुनु पनि कोरोनाको संकेत हुन सक्छ। जिब्रो धेरै  गाढा रातो भयो भने कोरोनाको जाँच  गर्नुहोला। यसले  ओठमा झुकाव र व्यवहारमा परिवर्तन ल्याउन सक्छ ।

ओठ सुक्नु : पटकपटक ओठ सुक्नु पनि संक्रमणको लक्षण हुन सक्छ।  मुखबाट कम लार उत्पादन  हुनु र मुखभित्र चिल्लोपन पनि कम हुनु पनि लक्षण हुनसक्छ।  यो संकेतलाई बेवास्ता नगर्नुहोला।

यी मध्ये कुनै पनि लक्षण देखा पर्यो भने  कोरोनाको जाँच गर्नुहोला। कोरोनाको महामारी बढेको कारण कुनै पनि कुरालाई लापरवाहीमा नलिनुहोला।

प्रकाशित : बिहिबार, बैशाख ०९, २०७८१६:३५

हरियो धनियाको पेस्ट प्रयोग गरेर चम्काउनुहोस् अनुहार, यसरी प्रयोग गर्दा मिल्नेछ नसोचेको लाभ !