के तपाईंले कहिल्यै सोच्नु पनि भएको छ कि प्लेनमा एक मानिस माथि चिया पर्यो जसको कारण उनी लखपति भए। तर यो घटना वास्तवमा भएको छ। आयरल्याण्डका एक युवकसँग आजभन्दा चार वर्ष पहिले के यस्तै घटना घट्यो। उक्त युवा माथि प्लेनमा यात्रा गर्ने समयमा चिया परेको थियो, जसपछि उसकी आमाले एयरलाइन्स विरुद्ध अदालतमा मुद्दा हलिदीइन्। उक्त केसको फैसला अदालतले हालै मात्र सुनाएको छ। अदालतले एयरलाइन्सलाई लगभग ९४ लाख जरिवानाको सजाय सुनाएको छ।
आयरिस टाइम्सका अनुसार आयरल्याण्डका निवासी एमरे कारक्यासँग डब्लिनबाट इस्तानबुल जाँदा यो घटना भएको थियो। एमरेले दाबी गरेका छन् कि उनको दाइने खुट्टामा चालक दलको एक सदस्यले चिया पोक्खाइदिएका थिए। चिया यति तातो थियो कि उनको खुट्टामा त्यसको खत नै बस्न पुग्यो।
लामो समयसम्म यसको पीडा भएको एमरे चार वर्ष पहिले भएको यस घटना पश्चात निकै भयवित भएका थिए। त्यस समयमा एमरेको उमेर मात्र १३ वर्ष थियो। तर उनकी आमाले यस घटना प्रति एयरलाइन्स विरुद्ध मुद्दा हालिदिन्। उनकी आमाले अदालतलाई उक्त घटनापछि एमरेको अवस्था ग-म्भीर भएको बताएकी थिइन्। यहाँसम्म कि उसलाई प्लास्टिक सर्जनकोमा लगिएको थियो। उच्च न्यायालयका न्यायाधीशले एयेरलाइन्सलाई आदेश दिएका छन् कि टर्की एयरलाइन्सले एमरेको चोटपटक लागी ५६ हजार पाउण्ड तिर्नु पर्नेछ। नेपाली रुपैयाँको हिसाबले यो रकम लगभग ९४ लाख हुन्छ।

