यी थिइन् भारतीय महिला स्टार, लगातार संघर्षले गरेकी थिइन् आफूलाई स्थापित !

भारतीय चलचित्र तथा गायन क्षेत्रमा आफ्नो जादू चलाउन सफल नाम हो, कानन देवी। गायन र अभिनयका अलावा चलचित्र निर्माणमा समेत आफ्नो नाम बनाउन सफल कानन देवीलाई भारतीय मनोरन्जन क्षेत्रकै पहिलो स्टार मानिन्छ।

उनको जन्म २२ अप्रिल १९१६ सालमा ब्रिटिश बंगालको हावड़ामा एक मध्यम वर्गीय बंगाली परिवारमा भएको थियो।  भारतीय सिनेमा  जगतमा कानन देवीको नाम  यस्तो व्यक्तिको रुपमा चिनिन्छ, जसले फिल्म निर्माणको कारण मात्र नभई  अभिनय र पार्श्वगायनको कारण पनि दर्शकबीच पहिचान बनाएकी थिइन् ।

कुनै  प्रशिक्षण बिना नै  काननले  गायन क्षेत्रमा प्रवेश गरेकी थिइन् र अभिनय क्षेत्रमा पनि आफ्नो खास पहिचान बनाउन सफल भएकी थिइन्।  भारतीय सिनेमामा  उल्लेखनीय योगदान पुर्याउने उनी पहिलो बंगाली कलाकार थिइन् । त्यसका उनलाई लागि १९७६ सालमा  ‘दादा साहेब फाल्के पुरस्कार’ बाट सम्मान समेत गरिएको थियो ।

काननको धर्मपिता रमेशचन्द्र दासको निधन हुँदा उनी १० वर्षकी थिइन्। त्यसपछि परिवारको आर्थिक जिम्मेदारी सम्हाल्नको लागि  कानन देवीले आफ्नो आमालाई सहयोग गर्न थालिन्। त्यसै समय आफ्नो एक पारिवारिक साथीको मदत्तले उनलाई ‘ज्योति स्टूडियो’ द्वारा निर्मित फिल्म ‘जयदेव’ मा काम गर्ने मौका मिलेको थियो। त्यसपछि कानन देवीले ज्योतिष बनर्जीको  निर्देशनमा बनेको राधा फिल्म्सको ब्यानरमा कैयौँ फिल्ममा बाल कलाकारको रुपमा काम गरेकी थिइन् ।

केहि समयपछि कानन देवी न्यू थियेटरमा काम गर्न थालिन्। यसैबीच उनको भेट रायचंद बोरालसँग भयो, जसले उनलाई हिन्दी फिल्ममा काम गर्ने प्रस्ताव राखे। सन् १९३०-४०को  दशकमा फिल्म अभिनेता वा अभिनेत्रीलाई फिल्मको साथसाथै पार्श्वगायकको भूमिका  पनि निभाउनु पर्थ्यो।

यो सबै कुरालाई ध्यान दिएर कानन देवीले पनि संगीतको शिक्षा लिन सुरु गरेकी थिइन् । उनले  उस्ताद अल्लारक्खा र भीष्मदेव चटर्जीसँग  संगीतको ट्रेनिंग लिएकी थिइन्। १९३७ सालमा फिल्म ‘मुक्ति’ अभिनेत्री कानन देवीको करियरको सुपर हिट फिल्म साबित  भएको थियो। यो फिल्म   पी सी बरुआको  निर्देशनमा बनेको फिल्म थियो जसले कानन देवीई  न्यू थियेटरको चर्चित कलाकारको रुपमा साबित गरेको थियो।

उनले १९४१ मा न्यू थियेटर छोडिन् र स्वतन्त्र रुपमा काम गर्न थालिन्। १९४२ मा आएको फिल्म  ‘जवाब’ कानन देवीको हिन्दी फिल्मको करियरमा सबैभन्दा हिट फिल्म रहेको थियो। यस फिल्ममा रहेको  ‘दुनिया है तूफान मेल’ निकै  लोकप्रिय रहेको थियो। त्यसपछि कानन देवीका  ‘हस्पिटल’, ‘वनफूल’ र ‘राजलक्ष्मी’ जस्ता फिल्म आए । १९४८ मा आएको फिल्म  ‘चंद्रशेखर’ कानन देवीको अन्तिम हिन्दी फिल्म थियो।  यस फिल्ममा उनको अपोजिट अशोक कुमार  थिए ।

उनले फिल्मी दुनियामा सफलता पाएपनि उनको व्यक्तिगत जीवन त्यति नै दर्दनाक थियो।  उनले १९४० सालमा ब्रह्म समाजको चर्चित शिक्षाविद् हरम्बा चंद्र मैत्राको छोरा अशोक मैत्रासँग  बिहे गरेकी थिइन्। त्यस समयमा महिलाले फिल्ममा काम गर्नु राम्रो मानिँदैनथ्यो। साथै    कवि गुरुदेव रवींद्रनाथ ट्यागोरले कानन र अशोकको बिहेमा  गिफ्ट र आर्शिवाद दिदा ब्रह्म समाजले निकै आलोचना गरेका थिए।

यधपी पछि उनको बिहे टुट्यो र  उनले १९४९ सालमा एक नौसैनिक अधिकारी हरिदास भट्टाचार्यसँग दोस्रो बिहे गरिन् । १७ जुलाई १९९२ सालमामा कानन देवीको निधन भयो। आफ्नो तीन  दशक लामो करियरमा उनले लगभग ६० फिल्ममा अभिनय गरिन्।  उनको  सिनेमा जगतमा रहेको  योगदान मध्यनजर गर्दै उनलाई १९७६ सालमा  ‘दादा साहेब फाल्के पुरस्कार’ बाट सम्मानित गरिएको थियो। १९६८ सालमा भारत सरकारले उनलाई पदमश्रीबाट पनि सम्मानित गरेको थियो ।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८१८:२४

बोल्ड र बिन्दास अन्दाजमा एलिजा, सामाजिक संजालमा लगाइन् ‘आगो’ [तस्विर सहित]