धरहरा ठडिदा भनेको नेपाली जनताको स्वाभिमान ठडिएको मुख्यमन्त्री पौडेलको दाबी !

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताएका छन् । भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको उल्लेख गरेका छन् । “ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर ठडिए र ठडियो हाम्रो धरहरा ! यो केवल धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो ।

“बन्दै गरेका बाटा, पुल, सुरुङ, अस्पताल, विमानस्थल, कलकारखाना तथा कृषि उद्यम हेर्दा लाग्छ साँच्चै नै हाम्रो पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको छ”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् । उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका बिरामी रुपसिंह टमटालाई रु १० हजार सहयोग प्रदान गरेका हुन् ।

लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहेका दुवैलाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१५:१७

फागुनभित्र नै स्थानीय तहको चुनाव हुन्छ, तयारीमा जुट्दा हुन्छ: प्रधानमन्त्री ओली