क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई विश्वकै सर्वोत्कृष्ट दुई खेलाडी मानिन्छ। यी दुई महान् खेलाडीलाई फुटबल इतिहासमा पनि सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक मानिन्छ। मेस्सी र रोनाल्डो बीच को उत्कृष्ट भन्ने विषय विगत १५ वर्सा देखि चर्चामा रहेको छ जुन विवाद आज पनि चल्ने गरेको छ।

धेरैले यी दुई खेलाडी फुटबल जगतका दुई महान् खेलाडी मान्छन् तर ब्राजिलियन दिग्गज रोमारियो भने मेस्सी र रोनाल्डो भन्दा आफू नै निकै उत्कृष्ट रहेको विश्वास राख्छन्। २०१७ मा एक अन्तर्वार्तामा पूर्व बार्सिलोना स्टारले यस्तो बताएका थिए। आफ्नो करियरमा ७ सय भन्दा बढी गोल गरेका रोमारियोले मैत्रीपूर्ण खेलमा गरी कुल एक हजार भन्दा बढी गोल गरेको बताइन्छ।

यस्तोमा, पोर्चुगिज स्ट्राइकर र अर्जेन्टिनी फरवार्डले उनको गोल सङ्ख्या पार गर्न निकै कठिन हुने बताएका थिए। उनले भनेका थिए,”यो सत्य हो कि मेस्सी र रोनाल्डो म भन्दा फरक छन्, उनीहरु आजको समयमा सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। मेस्सी, रोनाल्डो र नेइमार विश्वका ३ सर्वोत्कृष्ट खेलाडी हुन्।”

बार्सिलोना स्टार मेस्सी तथा पूर्व रियल म्याड्रिड स्टार रोनाल्डोले रेकर्ड ब्यालुन डी ओर र अन्य थुप्रै उपाधि जितेको भएता पनि उनीहरु आफू भन्दा उत्कृष्ट हुन नसक्ने रोमारियोले दाबी गरेका थिए। यी दुई खेलाडीले आफूले भन्दा आधा गोल पनि गर्न नसक्ने रोमारियोले बताएका थिए।

हाल फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी रोनाल्डोलाई मानिन्छ न की रोमारियोलाई र बार्सिलोनाका कप्तान मेस्सी भन्दा रोनाल्डो भन्दा धेरै पछि छैनन्। सायद रोमारियो गलत थिए ?

