एजेन्सी – अरिजीत सिंह बलिउडमा स्थापित गायकमा पर्छन्। अहिले उनी जुन स्थानमा छन्, त्यो उनले सानो प्रयासले प्राप्त गरेका होइनन्। हालको अवस्थामा अपुग्न अरिजीत सिंहले गर्न सम्म दुख पर्नु परेको थियो।
आफ्नै दममा सफल बलिउडको रुपमा स्थापित भएका अरिजीतको जन्म अप्रिल २५ सन् १९८७ मा भएको थियो। अरिजीतले सङ्गीत विरासतमा पाएका हुन्।
उनकी माता एक गायिका थिइन् भने उनका मामा तबलावादक थिए। उनको परिवारमा सांगेतिक माहोल भएकै कारण उनी सानै उमेर देखि सङ्गीतमा लागेका थिए।
धेरै ठाउँमा भए रिजेक्ट !
अरिजीतलाई कुनै एक समयमा चलचित्र ‘सांवरिया’मा गीत गाउने मौका मिलेको थियो। तर, अन्तिम समयमा आएर उनलाई निकालिएको थियो। त्यस्तै भारतीय म्युजिक कम्पनी टिप्सले पनि उनलाई धोका दिएको थियो। पहिलो एल्बम रेकर्ड गराएरपनि टिप्सले उक्त एल्बमलाई कहिले पनि रिलिज गरेन।
ठाउँ-ठाउँमा असफलता
अरिजीत सिंहले विभिन्न रियालिटी शोहरुबाट आफ्नो पहिचान बनाउने प्रयास गरेका थिए। सबै भन्दा पहिला उनले म्यूजिक रियलिटी शो ‘फेम गुरुकुल’मा भाग लिएका थिए। उनको आवाजलाई मन पराइएपनि उनी शीर्ष ५ भन्दा अगाडी बढ्न सकेनन्। यधपी उनलाई शंकर महादेवनले चलचित्र फिल्म हाई स्कूल म्यूजिकल २ मा गीत गाउने मौका दिएका थिए।
त्यसपश्चात धेरै गीत गाएपनि अरिजीत चलचित्र ‘आशिकी २’ पश्चात सर्वत्र चर्चित भए। ‘तुम ही हो’ बोलको गीतले उनलाई रातारात स्टार बनाइदियो। त्यसपश्चात उनले कहिले पनि पछि फर्किन परेन।
अहिले अरिजित गायकमा मात्र सिमित छैनन्। उनी संगीतकार पनि बनिसकेका छन्। उनले संगीतकारको रुपमा चलचित्र ‘पगलैट’बाट डेब्यू गरिसकेका छन्।