नेपालमा कोरोनाको स्थिति भयावह बन्दै, एकै दिन ३५ सय भन्दा बढी संक्रमित !

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

यस दिन १२ हजार ४ सय जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टीजिन परिक्षण गर्दा पीसीआर मार्फत ३ हजार ४ सय ४२ जना र एन्टीजिन मार्फत ११४ जना गरी कुल ३ हजार ५ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका १२ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार १ सय ७६ पुगेको छ ।

यस दिन मुलुकभर ३७८ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ। अहिले नेपालमा २२ हजार ४ सय ३४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र १ हजार ९ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा १ हजार ५ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना नयाँ संक्रमित थपिएका हुन्।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८१७:२१

त्रिविका सबै परीक्षा स्थगित