अभिनेता अरबाज खान यस्ता अभिनेता हुन् जो फिल्मभन्दा धेरै अफेयर र छोडपत्रका कारण चर्चामा आए। अरबाज र मलाइका अरोडाले २०१७ मा डिभोर्स गरेका थिए। त्यसपछि अरबाज जर्जियालाई डेट गर्दैछन्। हालै अरबाजले इन्टरभिउमा भनेका थिए कि उनी जिन्दगीको जुन मोडमा छन्, उसलाई लाग्छ कि उनले दोस्रोपटक बिहे गर्न सक्छन्। खबर अनुसार उनि छिट्टै बिहे गर्नेछन्।
जान्नुहोस् यस्तै सेलिब्रिटी जो फिल्म भन्दा पनि अफेयरको कारण लाइमलाइटमा छन्।
सुष्मिता सेन र रोहमन शाल
सुष्मिता सेन निकै समयदेखि आफ्नो ब्वाइफ्रेन्ड रोहमन शाललाई लिएर चर्चामा थिइन्। दुवैले आफ्नो सम्बन्ध स्वीकारेका थिए। केहि दिन अगाडी यी दुई बीच दुरी आयो भन्ने खबर आएको थियो तर यो झुटो थियो । यसै बीच बिहेको प्लानिङको खबर पनि आएको थियो। यही वर्षको अन्तिमसम्म यी दुईले बिहे गर्ने सोचेका छन्।
फरहान र शिबानी
शिबानी र फरहान अघिल्लो एक वर्ष अगाडी देखि नै एक-अर्कालाई डेट गर्दै आएका छन्। अघिल्लो दिन दुवैको तस्विर हिट भएको थियो। त्यो तस्विरमा फरहान र शिबानी समुन्द्रको बिचमा रोमान्स गर्दै थिए। फरहान र शिवानी छिट्टै विवाह बन्धनमा बाधिन सक्छन्। फरहानले एक इन्टरभिउमा भनेका थिए कि उनीहरु छिट्टै बिहे गर्नेछन्।
मलाइका आरोडा र अर्जुन कपूर
मलाइका अरोडा र अर्जुन कपूरले आफुहरुको रिलेशनशिपलाई स्वीकारेका छन्। मलाइकाले एक तस्वीरको साथ आफ्नो र अर्जुनको सम्बन्धको खुलासा गरेकी थिइन्। यो भन्दा पहिला अर्जुनले ‘फिल्म फेयर म्यागजिन ‘ लाई दिएको एक इन्टरभिउमा आफ्नो बिहेदेखि अफेयरसम्मको कुरा गरेका थिए। अर्जुनले बताएका थिए कि उनी मलाइकासँग निकै खास सम्बन्ध शेयर गर्छन्।
अर्जुन रामपाल र ग्याब्रिएला
अर्जुन रामपाल हालै तेस्रोपटक बाबु बनेका छन्। अर्जुनकी गर्लफ्रेन्ड ग्याब्रिएला डिमेट्रिएड्सले एक छोरा जन्माएकी थिइन्। अर्जुन रामपालले एक तस्वीर शेयर गरेर आफ्नो र ग्याब्रिएलाको सम्बन्धको बारेमा खुलासा गरेका थिए। अर्जुन र ग्याब्रिएलाले अहिलेसम्म बिहे गरेका छैनन्। अर्जुन र उनको श्रीमती लामो समयसम्म छुट्टै रहेका छन्। वास्तवमा उनको पहिलो श्रीमतीसँग डिभोर्स भएको छैन।
एमी जैक्सान र जर्ज
अक्षय कुमारसँग काम गरिसकेकी एमी ज्याक्सन बिहेभन्दा पहिले नै गर्भवती भएकी थिइन्। एमी र उनको ब्वाइफ्रेन्ड जर्जले अघिल्लो वर्ष जनवरीमा गोप्य बिहे गरेका थिए। जर्ज अरबपति बिजनेसम्यान हुन्। एमी अन्तिम पटक ‘२.०’ मा देखिएकी थिइन्। एमी बलिउडमा भन्दा पहिला साउथमा काम गर्थिन्।