प्रकाश सपुतलाई कोरोना पोजिटिभ: शरिर गल्ने, श्वास बढ्ने भन्दै लेखे यस्तो स्टाटस!

काठमाडौँ, बैशाख १७ । चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । गायक सपुतले सामाजिक संजालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् । काठमाण्डौ मेडिकल कलेजमा गरिएको परिक्षणअनुसार उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो। शरिर दुख्ने/गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि आफुले  पिसिआर टेस्ट गरेको सपूतले बताएका छन्। सपुत अहिले होम आइसोलेसनमा बसेका छन्।

गायक सपूत लेख्छन्, “अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ !”

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७८१४:०९

बढ्न थाल्यो भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु, कति मरे?