काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले दिएको राजीनामा आइतबार बिहानै स्वीकृत भएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार पोखरेलले दिएको राजीनामा आइतबार स्वीकृत भएको हो।
विपक्षी दलहरूले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि बोलाइएको विशेष अधिवेशन शुरू हुने दिन आइतवार बिहान मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

