दाङ, शनिबार तुलसीपुर उपमहानगरपालिका-६ को स्याउली बजार नजिकै रोकिराखेको एक कारभित्र ३ जना बालकको शव मृतावस्थामा भेटिएको थियो। इण्डियन नम्बर प्लेटको निशानको कारभित्र भेटिएका तिनै जना बालकको पहिचान खुलेको छ । मृत भेटिएका तिनै जना बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी रहेको खुलेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको अनुसार मृत भेटिएका बालक बरुवा गाउँ निवासी भीमबहादुर परियारका छोरा सन्दीप परियार (९ वर्ष), सन्तोष परियारका छोरा सुवर्ण परियार (७ वर्ष ) र कृष्ण परियारका छोरा करण परियार (६ वर्ष) रहेका छन्। उनीहरुको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
बालकका अभिभावकहरुले बैशाख १६ गते आफ्नो बच्चा हराएको भन्दै खोजी गरिदिन भनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा बैशाख १७ गते निवेदन दर्ता गराएका थिए । यस घटना कसरी भयो कारण भने खुल्न सकेको छैन । बालकहरुको शव ४ महिनादेखि पार्किङ गरि राखेको कार भित्र फेला परेको थियो।

