काठमाडौँ – आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ। आइतबार तोलामा १ सय रुपैंयाँले बढेको सुनको मूल्य आज ४ सय रुपैंयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुन ९० हजार ४ सय र तेजाबी सुन ८९ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
सुन सँगै आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा रु ५ ले बढेसँगै चाँदीको मूल्य १३ सय रुपैंयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

