यी खेलाडीको नजरमा मेस्सी र रोनाल्डो बराबर छन् !

एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्दै लामो समय देखि चल्दै आएको विवादमा मुख खोलेका छन्।

पोग्बाले म्यानचेस्टर युनाइटेडका समर्थकसँगको एक सक्षात्कारका क्रममा मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट भन्ने प्रश्नमा आफ्नो राय दिएका हुन्। पोग्बाको नजरमा मेस्सी र रोनाल्डो बराबर छन्।

पोग्बाले मेस्सी र रोनाल्डोको खुलेर प्रशंसा मात्र गरेनन्, दुवैका कारण फुटबल रोमान्चक भएको पनि बताए। मेस्सी र रोनाल्डो दुवै लेजेन्ड रहेको पोग्बाको भनाई छ।

“यो एकदमै राम्रो र मुश्किल प्रश्न हो किनकि मेरा लागि ‘बेस्ट’ कोहि पनि छैन।”,उनले भने,”दुवै यस्ता खेलाडी हुन्, जसले फुटबललाई रोमान्चक बनाएका छन्।”

पोग्बाले थप भने,”म यो मात्र भन्छु कि दुवै लेजेन्ड हुन्। दुवै एक अर्का भन्दा राम्रा छैनन्, बराबर छन्। दुवै फरक खेलाडी रहेका कारण पनि दुई बीच तुलना गर्न मिल्दैन।”

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१४:१९

चेल्सी भर्सेस रियल म्याड्रिड: को पुग्ला फाइनल ?