मेस्सी बार्सिलोनामै रहने, हालान्ड र नेयमार मध्ये एकलाई भित्राएर टिमलाई बलियो बनाइने !

एजेन्सी – सुपर स्टार लियोनल मेस्सी अर्को सिजन बार्सिलोनामै रहलान् वा क्लब छाड्लान भन्ने चासो सबैभन्दा बढी उनका समर्थकलाई रहँदै आएको छ । तर, क्लबको पछिल्लो अवस्था हेर्दा उनी बार्सिलोनामै रहने सम्भावना बढी रहेको देखिन्छ ।

मुख्यतः दुई कारणले उनले बार्सिलोनामै निरन्तरता दिने सम्भवना छ । कोपा डेल रे जित्नु र क्लबका अध्यक्ष जोन लापोर्टाको योजनाबाट प्रभावित रहेका कारण उनी क्लबले उनी बार्सिलोनामै रहने विश्वास लिएको छ । मेस्सीलाई किन्ने विषयमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रयास थालेको बताइएको थियो । यद्दपी पिएसजी वा बार्सिलोनाले अहिले सम्म ठोस प्रस्ताव भने राखेको छैन ।

त्यसका बाबजुद पछिल्लो सफलता र काम्प नोउमा नयाँ पुस्ताप्रतिको विश्वासका कारण उनी क्लबमै रहने सम्भावना बढेको छ । युवा स्टार पेद्री, फ्रेन्किन डी जोङ, अन्सु फाती, रोनाल्ड अरुजो र ओस्कार मिन्गुइजालाई लिएर लापोर्टाले अर्को सिजनका लागि योजना बनाएका छन् । त्यसबाट मेस्सी प्रभावित छन् र त्यहि कारण उनी अन्य क्लब नजाने अनुमान छ ।

इर्लिङ हालान्ड र नेयमार मध्ये एकलाई टोलीमा भित्राएर टालीलाई थप मजबुत बनाउनेमा लापोर्टा दृढ रहेका छन् । अध्यक्ष लापोर्टाले केहि दिन अघि अर्जेन्टिनी अन्तर्राष्ट्रियलाई क्लबलाई राख्नका मेस्सी र उनका पितासँग भेटेका थिए । यति हुँदा पनि मेस्सीले यो सिजनको अन्त्यपछि मात्र निर्णय लिने बताएका छन् ।

ला लिगाको उपाधि दौड रोचक बनिरहँदा बार्सिलोनाले उपाधि जित्ने सम्भावना यथावत छ । त्यो सपना साकार पार्नका लागि टोलीको मुख्य हतियार मेस्सी नै रहेका छन् । मेस्सीले यसै साता आफ्नो निवासमा बार्सिलोनाका खेलाडीलाई मनोबल बढाउन विशेष भोज आयोजना गरेको अपुष्ट खबर पनि सार्वजनिक भयो । यसले उनी क्लबसँग नजिक रहेको थप पुष्टि गरेको छ ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८२१:५७

रियल म्याड्रिडलाई साइड लगाउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा !