काठमाडौँ – आज(बिहिबार) सुनको मूल्य बढेको छ। हप्ताको तीन दिन लगातार बढेर बुधबार केहि घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ६ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९० हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अगाडी सुनको मूल्य आइतबार तोलामा १ सय, सोमबार ४ सय र मंगलबार २ सय रुपैंयाँले बढेको थियो भने बुधबार ३ सय रुपैंयाँले घटेको थियो।
चाँदीको मूल्य
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार तोलामा रु ५ ले घटेर चाँदीको मूल्य १३ सय १५ कायम भएको छ।

