राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री केपी ओली!

काठमाडौँ, बैशाख २३। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहिबार शीतल निवास गएका छन् । एमालेको स्थायी कमिटी बैठक सकिएपछि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

 प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले कोरोना म-हामारी, राष्ट्रियसभा उम्मेदवारी लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताउनुभयो । “महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ ।”

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८१२:२५

मेयर र उपमेयरले आफू चढ्ने गाडी सङ्क्रमित बोक्नलाई खटाए !