कोरोना भाइरसको असर प्रतिरक्षा प्रणालीमा पर्छ। यस भाइरसले वजन कम गर्नुको साथै शरीरलिई भित्रदेखि नै कमजोर बनाउँछ। यदि तपाई पनि कोरोना संक्रमित हुनुभएको छ भने तपाईले औषधीको साथै आफ्नो खानपिनमा ध्यान दिनु पर्छ। थाहा पाउनुहोस् पोषण विशेषज्ञहरूले संक्रमित भएपछि रिकभरीको लागि के खान सुझाव दिन्छन् र कुन खानेकुरा नखान भन्छन्।
रिकभरीको समयमा के खाने – स्वास्थ्य विशेषज्ञ अनुसार रिकभरीको समयमा थोरै खाना भएपनि पोषणले भरिपूर्ण हुनुपर्छ। सोहि खानामा भिटामिन सी,डी, मिनरल्स र जिंक हुनुपर्छ। यसले छिटो रिकभरी हुन मदत्त गर्छ। कोरोना संक्रमित व्यक्तिको लागी सबैभन्दा उत्तम विकल्प खिचडी हो। खिचडी प्रोटिनले भरिपूर्ण हुन्छ। हरियो तरकारीसँग खिचडी सजिलै पच्छ र यसले उर्जा पनि मिल्छ । यसले शरीर छिट्टै ठिक हु मदत्त गर्छ। यसबाहेक आफ्नो डाइटमा दाल र गेडागुडी पनि राख्नुहोला। साथै जे खाएपनि तातो नै खानुहोला।
यी चीजलाई गर्नुहोस् बेवास्ता
रिकभरीको समयमा केहि खानेकुरा खानै पर्छ भने केहि खानेकुरा खानु हुदैन। किनभने केहि खानेकुराले प्रतिरक्षा प्रणालीलिई कन्जोर बनाउँछ। जस्कारना ठीक हुन निकै लामो समय लाग्छ।
प्याक गरिएको खाना – प्याक गरिएको खाना भोक मेटाउन्ने सबैभन्दा सजिलो विकल्प हो तर कोरोनासँग लड्नको लागि यो खानेकुराले तपाईलाई भारी पर्न सक्छ। प्याकेज गरिएको खानामा सोडियम र प्रिजर्वेटिव्स समावेश हुन्छ। यसकारण शरीर सुन्निन्छ र रिकभर हुन समय लाग्छ। यी खानाले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्छ।
मसलादार खाना – कोरोनाबाट रिकभर हुनको लागि एकदमै सादा खाना खानु पर्छ। यस समयमा मसलादार खाना बिर्सेर पनि नखानुहोला। यस प्रकारको खानाले तपाईंको घाँटी धेरै खराब हुन सक्छ। साथै मसलादार खानाले कफ बढाउँछ। खानामा रातो खुर्सानीको सट्टा मरिच प्रयोग गर्नुहोला। मरिचमा एन्टि-ब्याक्टेरियल गुण हुन्छ जसले शरीरलाई फाइदा पुर्याउँछ।
तारेको खानेकुरा – कोरोनाबाट संक्रमित व्यक्तिहरूले स्वाद र गन्ध महसुस गर्न छोड्छन्। रिकभरीको समयमा खानाको स्वाद बिस्तारै सुरु आउन थाल्छ, यस्तो अवस्थामा धेरै व्यक्तिलाई तारेको खानेकुरा र अमिलो पिरो खान मन लाग्न सक्छ। स्वास्थ्य विज्ञअनुसार यस समयमा यस्तो खानेकुरा खानमा नियन्त्रण गर्नु पर्छ।
तारेको खानेकुरामा धेरै फ्याट हुन्छ। मान्छेहरु मिठो भएको कारण धेरै खान्छन्। तर यस्तो खानेकुरा पच्न समय लाग्छ। अध्ययन अनुसार तारेको खानेकुराले प्रतिरक्षा कार्यले राम्रोसँग काम गर्दैन। यसले खराब कोलेस्ट्रोल पनि बढाउँदछ। त्यसैले कोरोनाबाट ठीक हुन चाहनुहुन्छ भने यस्तो खानेकुरा नखानुहोला।
गुलियो पेय- संक्रमित भएपछि रिकभरीको क्रममा गुलियो ड्रिंक्स र सोडा पिउनु हुदैन। यस खालको ड्रिंक्सले पेटमा समस्या उत्पन्न गर्छ। त्यस्ता पेय पदार्थले पेट फुलाउँछ जसकारण ठीक हुन धेरै समय लाग्छ। यसको सट्टा तपाईंले कागती पानी पिउन सक्नुहुन्छ। कागती पानीले पेट सफा राख्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसले रिकभर हुन् मदत्त गर्छ।