सुपर कम्प्युटरले गर्यो प्रिमियर लिगको भविष्यवाणी ! कुन टिम बन्छ च्याम्पियन ? [२० अनुमान]

एजेन्सी – इंग्लिस प्रिमियर लिग सुरु भएसँगै उपाधि विजेता को बन्छ भन्ने उत्सुकता पनि बढेको छ । यसक्रममा हरेक वर्षझैं यसपटक पनि हरेक टोलीको खेलाडी, प्रशिक्षक र पुराना नतिजाको विश्लेषणपछि सुपर कम्प्युटरबाट यस सिजनको अन्तिम नतिजा अनुमान गरिएको छ ।

गत सिजन सुपर कम्प्युटरको अनुमान अनुसार म्यानचेस्टर सिटीले लिग उपाधि जितेको थियो भने लिभरपुल दोस्रो स्थानमा रहेको थियो । रेलिगेसनमा पनि दुई टोली हडर्सफिल्ड र कार्डिफ तल्लो श्रेणीमा झर्ने अनुमान सहित रहेको थियो ।

हेर्नुहोस् सुपर कम्प्युटरको अनुमान :

२०. सेफिल्ड युनाइटेड – ३४ अंक (रेलिगेसन) १९. नर्विच सिटी – २६ अंक (रेलिगेसन) १८. ब्राइटन एण्ड होभ आल्बियन – ३६ अंक (रेलिगेसन) १७. न्युकासल युनाइटेड – ३७ अंक १६. एस्टन भिल्ला – ३८ अंक १५. बर्नली – ३९ अंक १४. बर्नमाउथ – ४२ अंक १३. क्रिस्टल प्यालेस – ४३ अंक १२. साउथह्याम्पटन – ४४ अंक ११. वाटफर्ड – ४५ अंक १०. वेस्ट ह्याम – ५० अंक ९. वल्भ्स – ५१ अंक ८. एभरटन – ५४ अंक ७. लेस्टर सिटी – ५५ अंक ६. चेल्सी – ६७ अंक (युरोपा लिग) ५. म्यानचेस्टर युनाइटेड – ६८ अंक (युरोपा लिग) ४. आर्सनल – ६९ अंक (च्याम्पियन्स लिग) ३. टोटेनहम हट्सपर – ७३ अंक (च्याम्पियन्स लिग) २. लिभरपुल – ८६ अंक (उपविजेता) १. म्यानचेस्टर सिटी – ९३ अंक (च्याम्पियन)

प्रकाशित : शनिबार, साउन २५, २०७६१२:५३

सुपर ओभरमा जित निकाल्दै सोमपालको हक्स च्याम्पियन बन्यो !