सास फेर्न गाह्रो भएपछि पिपलको रुखमुनि बस्न गए कोरोना संक्रमित, यस्तो छ कारण!

भारतस्थित शाहजहाँपुर बहादुरगन्ज क्षेत्रमा मान्छेहरु कोरोना संक्रमित भएपछि पिपलको रुखमुनी बस्न थालेका छन्। कोरोना पोजिटिभ भएको थाहा पाएपछि दुई परिवारको लगभग आधा दर्जन सदस्य अक्सीजनको लागि  पिपलको रुखमुनि बसेका हुन् ।

रुखमुनि बसेकी संक्रमित महिला उर्मिला भन्छिन्, “मलाई सास फेर्न निकै गाह्रो भईरहेको थियो र अक्सीजनको कुनै पनि सहारा थिएन। कसैले मलाई पिपलको रुखले अक्सीजन दिन्छ भनेको हुनाले मेरो परिवारले मलाई  यहाँ ल्याएका हुन्। सहज महसुस गरिरहेकी छु र सास लिन पनि सजिलो भएको छ ।”

भारतीय जनता पार्टीको विधायकले यस इलाकामा गएर मान्छेहरुसँग भेटेका छन्। स्वास्थ्य सेवाको स्थितिमा रिस व्यक्त गर्दै उनले शनिबार जिल्लाको अधिकारीलाई  फोन गरेर मानिसलाई अस्पतालमा सार्न भनेका छन् ।

यधपी उर्मिलाले पिपलको रुखमुनि नै सहज महसुस गरेको र यसकारण अस्पतालमा सिफ्ट हुन मन नलागेको कुरा बताएकी छन्। उनको परिवारको  सदस्यले भने ,’हामीलाई  पिपलको रुखले अक्सीजन दिन्छ भनेर बताईएको थियो।  कुनै विकल्प नभएपछि  हामीले  आफ्नो काकीलाई यहाँ लिएर आयौँ। यहाँ आएपछि उहाँ धेरै ठीक हुनुभयो। उहाँको स्वास्थ्य सुधार भईरहेको छ।  यही नै ठुलो कुरा हो। उहाँलाई अक्सीजनको आवश्यकता छैन। हामीलाई अरुले के भन्छन् भनेर त्यो मतलब छैन।’

यसैबीच, लखनऊको  चिकित्सा विशेषज्ञ यसको प्रभाव शारीरिकभन्दा धेरै मनोवैज्ञानिक रहेको दाबी गरेका छन्। वहिन किंग जर्ज मेडिकल यूनिभर्सिटीको एक डाक्टरले भनेका छन्  , “सम्भवत यो ताजा हावा हुन सक्छ, जुनले मान्छेहरुलाई सास लिन मदत्त गरिरहेको छ।”

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१५:१८

किन हावाहुरी र चट्याङसहित पानी पर्दैछ, कहिले सम्म पर्छ ? यसो भन्छन् मौसमविद् !