प्रधानमन्त्रीलाई चुनौती: हिरो बन्ने कि जिरो !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार देशवासीको नाममा सम्बोधन गर्दै आवश्यक मात्रामा कोभिड अस्पताल निर्माण र शैय्या वृद्धि गर्ने, सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिलाउने घोषणा गरेर आम नेपालीमा आशाको सञ्चार जगाउने प्रयास गर्नुभएको छ ।

आफैंले दिएको आश्वासन उहाँका लागि चुनौती बनेको छ । आश्वासन पूरा गरे उहाँ हिरो हुनुहुनेछ भने नगरे जिरो १ कोरोना संक्रमणबाट हुने कोभिड–१९ का कारण हिजोआज दैनिक संक्रमितको संख्या वृद्धि भइरहेको छ भने मृत्यु दर पनि बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

कोरोनाले स्वास्थ्यमा पु-याउने हानिबाट बचाउन शैय्या अक्सिजन र जीवनरक्षक मानिएको रेमडेसिभिरलगायतको औषधि अभावका कारण अस्पताल भर्ना भएका बिरामीको मृत्यु भएमात्र अर्को संक्रमितले शैय्या र औषधि उपचार पाउने विकराल अवस्था सिर्जना भइसकेको छ । बंगलादेशबाट प्राणरक्षक रेमडेसिभिर काठमाडौं आए पनि पर्याप्त हुन सकेन ।

६८ स्थानमा पु-याउनुपर्ने सूची तयार पारेर राखेको रेमडेसिभिर बिरामीका मान्छेको भीडले इन्ट्रीसमेत गर्न भ्याईनभ्याई भएको हाम्रो मेडिकन्सर्न प्रालिका देवेन्द्रबहादुर श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो । अर्कोतिर लक्षण देखिएका र लक्षण नदेखिए पनि त्रासका कारण पीसीआर परीक्षण गराउन पुगेको भीडबाटै कोरोना सर्ने जोखिम पनि बढेको छ ।

यो अवस्थामा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भनेजस्तै प्रदेश तथा केन्द्रमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर निर्माण गर्नका लागि निर्देशन दिएर काफी हुने छैन । शैय्या धेरै भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालनमा ल्याउन पनि निर्देशनले मात्र पनि काफी हुने छैन ।

यसका लागि तपाईं आफैं संयोजक रहने र तपाईं स्वयंले निगरानी गर्ने गरी आफ्नो घोषणा जसरी तदारुकताका साथ काम अगाडि बढेको छ-छैन, त्यसको अनुगमन गर्नु जरुरी छ । यसका लागि अहिले लोकप्रियता कमाएका भाइबर, फेसबुक मेसेन्जरजस्ता एप्स तथा सामाजिक सञ्जालको प्रयोगले नेपाली जनतालाई कोरोनाबाट जोगाउने अभियानले मूर्त रूप लिन सम्भव छ ।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८०९:४२

प्रहरी आफैँ यात्रु बनेरपुग्दा जे रहस्य खुल्यो सबै चकित परे !