काठमाडौँ : सोमबार बकर इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार (आज) एक सूचना जारी गरि सार्वजनिक विदाको जानकारी दिँदै बकर इदको शुभकामना दिएका हुन् ।
उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भन्ने कामना गरेका छन् । मन्त्री राउतले इद पर्व हर्षउल्लासका साथ मनाउन समेत आग्रह गरेका छन् ।
भोलि प्रदेश सरकारले बिदाको घोषणा गरेपनि अहिलेसम्म केन्द्र सरकारको कुनै जानकारी आएको छैन ।