बच्चाले माटो खाएर हैरान हुनुहुन्छ , हुनुहुन्छ भने अपनाउनुहोस यी घरेलु उपाय !

साना बच्चाले माटो खानु सामान्य कुरा हो र अधिकांश बच्चाले माटो खाने गर्छन , तपाई हामीले पनि सानो बेलामा  माटो खाएको अलि अलि याद आउछ। तर पनि कतिपय अवस्थामा अभिभावकहरु बच्चाले माटो खाने समस्याबाट ग्रसित छन। यदि यस्तो समस्या छ भने बच्चालाई गाली गरेर होइन मायाले सम्झाउनु पर्दछ र माटो खने लतबाट छुटाउनु पर्दछ।

माटोले स्वास्थ्यमा नराम्रो असर पर्दछ, जसले गर्दा बच्चाको पेटसम्बन्धी समस्या देखिन सक्छ। आज हामी बच्चाले  माटो खाने समस्याबाट छुटकारा पाउन सकिने केहि घरेलु उपायको बारेमा केहि जानकारी दिन जादै छौं ; आउनुहोस यी घरेलु उपाय मार्फत आफ्नो बच्चालाई माटो खानबाट रोक्नुहोस

मह र केराको सेवन 

बच्चाको माटो खाने बानीलाई छुटाउनका लागि हरेक दिन पाकेको केराको साथमा मह मिसाई खुवाऊनु पर्दछ।  जसमा बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्व प्रसस्त मात्रामा पाइने भएकाले बच्चालाई भोक लागेको अनुभूति नभई माटो खाने ध्यान नहुने बताईएको छ।

ल्वांग 

ल्वांगलाई पिसेर पानीमा उमाली दिनमा एकपटक बच्चालाई हल्का मनतातो पानीमा  खुवाउनु पर्दछ।  यसो गर्नाले बच्चाको छिट्टै नै माटो खाने समस्याबाट केहि हदसम्म छुटकारा पाउन सकिन्छ।

अजवाइन पाउडर

अजवाइन पाउडर बच्चादेखि ठुलासम्मका लागि निकै नै फाइदाजनक रहेको छ। बच्चाको माटो खाने बानी हटाउनक लागि मनतातो पानीमा अजवाइनको पाउडर मिसाई खुवाउनु पर्छ। यदि बच्चाले अजवाइनको पाउडर खान नमानेमा यसको पानी खुवाउनु पर्दछ।  यस्तो उपाय ३/४ हप्तासम्म गरेमा यसबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ।

आँपको बिया

बच्चाको पेटको किरा मार्नका लागि तथा माटो खाने आदतबाट छुटकारा पाउनका लागि आँपको बियालाई पिसेर हरेक दिन ३/४ पटक पानीमा मिसाई खुवाउनु पर्दछ।

डाक्टरको सल्लाह

यी घरेलु उपायमार्फत पनि बच्चाले माटो खान छोडेन भने समयमा नै डाक्टरको उचित सल्लाह लिनु आवश्यक रहेको छ। कहिले कहिले बच्चाले  नियमित रुपमा माटो खानु शरीरमा पौष्टिक तत्वको कमिले पनि हुन सक्छ।  यसको यसको कारण पत्ता लगाउन कै लागि भएपनि डाक्टरको उचित परामर्श लिनु आवश्यक छ।

 

प्रकाशित : बिहिबार, बैशाख २६, २०७६०७:५०

के तपाईको बच्चामा पनि यस्तो लक्षण देखिएको छ , सावधान अटिजम भएको हुन् सक्छ !