यी ब्युटी प्रोडक्ट प्रयोग नगरेकै राम्रो, छाला बिगार्न सक्ने खतरा !

छालाको हेरचाह  मौसम  अनुसार गरिन्छ। मौषम बदलिने बितिक्कै छालाको हेरचाह गर्ने रुटीनमा परिवर्तन आउँछ। मौसमको हिसाबले  ब्यूटी प्रोडक्टको पनि प्रयोग हुन्छ। जाडोमा छालाको हेरचाहको लागि मोइश्चराइजर प्रयोग गरिन्छ। यस मौसममा गलत प्रोडक्ट प्रयोग गर्नाले छालाको  चमक हुन्छ। जाडोमा  ग्लोइंग र बेदाग स्किनको लागि केहि प्रोडक्टको प्रयोग गर्नुहुदैन। थाहा पाउनुहोस् यी प्रोडक्ट्सको  बारेमा !

हार्ड स्क्रब
चिसो मौषममा जाडोको कारण महिलाहरु स्क्रब  गर्न छोड्छन्। छालाको हेरचाहको लागि हप्तामा एकपटक फेस स्क्रब गर्नुपर्छ। स्क्रब गर्दा  छालाको डेड सेल हट्छ। जसकारण छालामा चमक देख्न सक्छौ। चिसोमा छालामा  हार्ड स्क्रब गर्नुहुदैन। हार्ड स्क्रब गर्दाले छालामा जलन हुन्छ।

साबुनको प्रयोग
चिसो मौषममा चिसो हावाको कारण छाला सुख्खा हुन्छ। यस मौषममा  साबुनको प्रयोग गर्दा छाला झनै सुख्खा हुन्छ। यस मौषममा साबुनको प्रयोग गर्नुहुदैन। किनकि साबुनले छालाको पीएच लेभल प्रभावित हुन्छ जसकारण अनुहार निकै सुख्खा हुन्छ। यस मौषममा सोप फ्री क्लींजरको प्रयोग गर्न सक्नुहुन्छ। यसले छालालाइऐ मुलायम बनाउँछ। अनुहार सफा  गरेपछि अनुहारमा मोइश्चराइजर लगाउनुहोला।

पाउडर फाउंडेशन

सुन्दर लुकको लागि महिलाहरु मेकअप गर्छन्। मेकअप गर्दा सबैभन्दा धेरै फाउन्डेशनको प्रयोग हुन्छ। मेकअप गर्ने समयमा पाउडर फाउन्डेशनको प्रयोग गरिन्छ जसकारण मेकअप लामो समयसम्म बस्छ। तर चिसो मौषममा पाउडर फाउन्डेशनको प्रयोग गर्नुहुदैन। किनकि पाउडर  फाउन्डेशनले छालाको तेललाई अवशोषित गर्छ जसकारण छाला सुख्खा हुन्छ।

अल्कोहल बेस्ट टोनर
छालाको हेरचाहको लागि टोनर निकै राम्रो मानिन्छ ।  मोइश्चराइजर लगाउनुभन्दा पहिला अनुहारमा टोनर लगाउनुपर्छ। यसले अनुहारको फोहोर जान्छ। चिसो मौषममा अल्कोहल बेस्ट टोनरको प्रयोग नगर्नुहोला। यस मौसममा  अल्होहल फ्री टोनरको प्रयोग गनुहोला।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८२१:०१

मास्कको प्रयोग गर्दा ध्यान दिनुपर्ने यी ६ कुरा !