विश्वासको मत प्राप्त नभए प्रधानमन्त्रीबाट हट्ने ओलीको घोषणा !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएको खण्डमा मार्गप्रसस्थ गर्ने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले श्वासको मत नपाएको खण्डमा मार्गप्रसस्त गर्ने स्पष्ट पारेका हुन्। प्रधानमन्त्री ओलीले संसदले अविश्वास गरेको खण्डमा आफू स्वतः हट्ने बताए। उनले भने,”संसदले अविश्वास गरे मार्गप्रसस्थ गर्छु”

विश्वासको मत दिएर संसद् विघटन रोक्न चेतवानी

प्रधानमन्त्री ओलिले घुमाउरो पारामा फेरी संसद् विघटन हुन सक्ने संकेत गरेका छन्। ओलीले विश्वासको मत दिएर संसद विघटन रोक्न उनले आग्रह गरे।

“किन राजीनामा नदिएको भन्दा पाँचै वर्ष चलाउन । ठ्याक्कै मिलेको छ नि कुरो । कुरो एउटै छ पाँचै वर्ष चलाऔं । पटकपटक अस्थिरता नचलाऔँ । मिलेर काम गरौँ । मत दिनुस्”,ओलीले भने,”संसद् विघटन होला कि भनेर चिन्ता छ । मत दिनुस् न कसरी हुन्छ विघटन ?”

अन्य दलका नेताहरुले विश्वासको मत लिने ओलीको कदमलाई शंकाको नजर हेरेको उल्लेख गर्दे त्यस्तो केहि नरहेको ओलीले दावी गरे। यधपी ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपनि आफू नै प्रधानमन्त्री हुने संकेत गर्न पनि ओलीले बाँकी राखेनन्।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८१७:०२

केपी शर्मा ओलीको सरकार ढल्यो