पूर्वरानी कोमलको स्वास्थ्य सुधार, पूर्वराजा सङ्क्रमणमुक्त !

काठमाडौँ – पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यावस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्षबाट शय्या सारेर उपचार भइरहेको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रासमेत घटाउँदै लगिएको जानकारी दिए। उनका अनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएका छन् । तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको छ ।

सबैजना कोरोना सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका थिए । पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २८, २०७८१७:२४

थपियो लकडाउन, अब झनै कडा ! के गर्न पाइन्छ, के गर्न पाइदैन ? हेर्नुहोस् !