काठमाडौँ : मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गर्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ सुविधानगर तिनकुने बस्ने नवलपरासी घर भएका १९ वर्षीय मनिष चापागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित बिग मार्ट अगाडि पार्किङ गरी राखेको बा.५८ प १६६४ नम्बरको मोटरसाइकल शुक्रबार साँझ हराएकोले खोजी गर्ने क्रममा सोही ठाउँमा रहेको विप्लप मोटरसाइकल वर्कशपमा नम्बरप्लेट परिवर्तन गर्दै गरेको अवस्थामा फेला पारी मनिषलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।