काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापप्ति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार नगर्ने संकेत गरेका छन्।
भट्टराईले बुधबार एक ट्वीट गर्दे पहिला प्रधानमन्त्री भैसकेकाहरुलाई भन्दा पनि नयाँ व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने बताउँदै देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार नगर्ने संकेत गरेका हुन्।
प्रधानमन्त्री भइसकेका बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन भट्टराईको प्रस्ताव छ। १ वर्षभित्र चुनाव गर्ने गरी सहमतिको सरकार बनाउनुपर्ने भट्टराईको धारणा छ।
“देशको संकट हल गर्न यसो गरौं: १. धारा७६(२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २. दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ.) लागू ४. १ वर्षभित्र चुनाव !”,ट्वीट गर्दे भट्टराईले भनेका छन्।

