काठमाडौँ । धापासीस्थित ग्राण्डी अस्पतालले अक्सिजन कम भएको भन्दै अस्पतालले थप बिरामी भर्ना गर्न नसक्ने बताएको छ। सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको कारणले अब अस्पतालमा थप बिरामी भर्ना लिने अवस्था नरहेको बताएको छ।
एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेको कारण अबबाट कुनै पनि नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताइएको छ। यस्तो अवस्थामा अब आवश्यकताअनुसार अक्सिजन उपलब्ध भएपछि मात्रै थप बिरामी भर्ना गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।


