पछिल्लो २४ घण्टामा कोरोनाको कारण १६८ जनाको मृत्यु, सक्रिय संक्रमित लाख भन्दा बढी !

नेपालमा पछिल्लो २४ घन्टामा ९ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ७८६ जनाको परीक्षण गर्दा ९ हजार ३०५ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । योसँगै देशभर कोरोना संक्रमण हुनेको कुल संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ।

२० हजार ३६२ को पीसीआर गर्दा ९ हजार २३८ र ४२४ जनाको एन्टीजेन गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो । कूल सङ्क्रमितमध्ये हाल १ लाख  १ हजार ६२४ सक्रिय सङ्क्रमित छन् । त्यस्तै कूल सङ्क्रमितमध्ये ३ हजार ९२४ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा ३ हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार १६८ सङ्क्रमितको मृ-त्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृ-त्यु हुने सङ्क्रमितको सङ्ख्या ४ हजार २५२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : बुधबार, बैशाख २९, २०७८१६:५२

नेपालमा कोरोना संक्रमण दर भारतमा भन्दा दोब्बर, मृत्युदर पनि उच्च !