काठमाडौँ – नेकपा (एमाले)ले पार्टीका चार नेताहरु माथि गरेको कारवाहीबाट पार्टी ब्याक हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले यस अगाडी चार नेता माथि गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल गरी ४ नेतालाई पार्टीले गरेको निलम्बन फुकुवा भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए।
यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिएकी छन् ।
एमालेभित्र असन्तुष्ट माधवकुमार नेपालसहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको छ । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो ।

