राशि अनुसार यस दिशामा फर्केर प्रेम प्रस्ताव राख्नुहोस्, पक्का सफल हुनेछ !

प्रेम कुनै पनि समय कुनै पनि अवस्थामा हुनसक्छ। प्रेमलाई यस संसारको सबैभन्दा स्वच्छ कुरा मानिन्छ। प्रेम जो कोहिसँग पनि हुनसक्छ। तर कतिपय मानिसले कसैप्रतिको प्रेम व्यक्त गर्न सक्दैनन्, सायद अस्विकार हुने डरले। तर शास्त्र अनुसार यस्ता केहि उपाय छन्, यदि तपाईं कसैलाई प्रेम प्रस्ताव राख्न चाहनुहुन्छ भने यस्ता उपाय प्रयोग गर्नाले प्रेम प्रस्ताव सफल हुने सम्भावना हुन्छ।

शास्त्र अनुसार १२ वटा राशिका मानिसले कुन दिशामा फर्केर प्रेम प्रस्ताव राख्दा सफल हुन्छ भनेर बताएको छ। हिन्दू धर्म शास्त्र अन्तर्गत ज्योतिष र वास्तु शास्त्रले राशि अनुसारको प्रभावको व्याख्या गरेको छ। प्रेम सम्बन्धलाई चीरस्थायी र सफल बनाउन प्रस्ताव कुन दिशाबाट कस्तो र‌गको पहिरनमा राख्दा राम्रो हुन्छ भन्ने व्यवस्था गरेको छ।

मेष राशि 

मेष राशिका मानिसले पूर्व तर्फ फर्केर रातो कपडा लगाएर मंगलबार प्रेम प्रस्ताव राख्दा शुभ हुनेछ।

वृष राशि 

वृष राशि भएका मानिसले दक्षिण दिशा पट्टि फर्किएर सेतो कपडा लगाएर शुक्रबार प्रेम प्रस्ताव राख्ने हो भने तपाईंको प्रेम सफल हुन्छ भन्ने विश्वास छ।

मिथुन राशि 

तपाईंले पश्चिम दिशा पट्टि फर्केर हरियो वस्त्र धारण गरेर बुधबारको दिनमा प्रेम प्रस्ताव राख्नु शुभ रहनेछ।

कर्कट राशि 

कर्कट राशिका मूल निवासीले उत्तर दिशा तर्फ फर्केर गाढा सेतो कपडा धारण गरी सोमबार प्रेम प्रस्ताव राख्दा तपाईंको प्रेम सफल हुनेछ।

सिंह राशि 

यस राशिका मानिसले पुर्व दिशा तर्फा फर्केर गुलावी कपडामा आइतबार प्रेम प्रस्ताव राख्नुहोस्, तपाईंको प्रेम प्रस्वात स्वीकार्य हुनुका साथै सम्बन्ध पनि सफल हुनेछ।

कन्या राशि 

कन्या राशिले हल्का दक्षिण दिशा पट्टि फर्किएर हरियो रंगको कपडामा बुधबार प्रेम प्रस्ताव राख्दा सफल हुनुहुनेछ।

तुला राशि 

तुला राशिका मानिस शुक्रबारको दिन हल्का सेतो कपडा लगाएर पश्चिम दिशा तर्फ फर्के प्रेम प्रस्ताव राख्नु शुभ हुनेछ ।

वृश्चिक राशि 

यस राशिका मानिसले उत्तर दिशामा फर्किएर गाढा रातो कपडा लगाई मंगलबार प्रेम प्रस्ताव राख्नुहोस्, तपाई सफल बन्नुहुनेछ ।

धनु राशि 

धनु राशिका मानिसले हरियो कपडामा पूर्व दिशा तर्फ फर्किएर बिहिबार आफूले चाहेको मान्छेलाई प्रेम प्रस्ताव राख्नुहोस्, सफल बन्नुहुनेछ ।

मकर राशि 

तपाईंले दक्षिण पट्टि फर्किएरा निलो कपडामा सजिनुहोस् र शनिबारको दिन  प्रेम प्रस्ताव राख्नुहोस्,  सफल बन्नुहुनेछ ।

कुम्भ राशि 

यस राशिका मानिसले कालो कपडामा सजिएर पश्चिम दिशा पट्टि फर्केर शनिबार प्रेम प्रस्ताव राख्नुहोस्, तपाईंको प्रेम प्रस्ताव स्वीकार्य हुनेछ ।

मीन राशि 

मीन राशि भएका मानिसले  गाढा पहेलो बस्त्र धारण गरेर उत्तर दिशा पट्टि फर्केर बिहिबारको दिन प्रेम प्रस्ताव राख्नु उचित हुनेछ ।

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७८२१:११

सूर्यका कारण आउने असार १ गते सम्म यी ३ राशिलाई धेरै अशुभ !