पछिल्लो १२ महिनामा विश्वभर कोरोना भाइरसको महामारीले हरेक क्षेत्रको अर्थ क्षेत्रलाई पूर्ण रूपमा असर गरेको छ। यसै बीच अर्थ परिसूचक फोर्ब्सले यस वर्ष सबैभन्दा बढी कमाई गर्ने खेलाडीको सूची सार्वजनीक गरेको छ ।

यो वर्ष उक्त सूचीको शीर्ष स्थानमा यूएफसी फाइटर कनर मेकग्रेगर रहन सफल भएका छन्। गत वर्ष पहिलो स्थानमा रहेका फुटबल सुपरस्टार लियोनल मेस्सी भने यो वर्ष दोस्रो स्थानमा चिप्लिएका छन् भने युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहेका छन्। अक्टागन नामक विस्की ब्राण्डका मालिक समेत रहेका मेकग्रेगरले गत १२ महिनामा १८० मिलियन भन्दा बढी कमाइ गरेका छन्।

त्यस्तै, सूचीको दोस्रो स्थानमा रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यस वर्ष कुल १३० मिलियन डलर कमाइ गर्न सफल भएका छन् भने तेस्रो स्थानका क्रिस्टियानो रोनाल्डोले १२० मिलियन डलर कमाउन सफल भएका छन्। फुटबल क्षेत्रबाट तेस्रो स्थानमा पीएसजी तथा ब्राजिलियन स्टार नेइमार रहेका छन्। उनले गत १२ महिनामा कुल ९५ मिलियन डलर कमाइ गर्न सफल भएका छन्। नेइमार फोर्ब्सको सूचीमा भने छैठौं स्थानमा रहेका छन्।
फोर्ब्सको सूची यस प्रकार छ:-
१. कनर मेकग्रेगर – १८० मिलियन डलर
२. लियोनल मेस्सी – १३० मिलियन डलर
३. क्रिस्टियानो रोनाल्डो – १२० मिलियन डलर

४. डाक प्रेस्कट – १०७.५ मिलियन डलर
५. लेब्रन जेम्स – ९६.५ मिलियन डलर

६. नेइमार – ९५ मिलियन डलर
७. रोजर फेडेरर – ९० मिलियन डलर
८. लेविस ह्यामिल्टन – ८२ मिलियन डलर

९. टम ब्र्याडी – ७६ मिलियन डलर
१०. केभिन डुरान्ट – ७५ मिलियन डलर

