काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ६० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
यस दिन १९ हजार ७ सय ४७ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टीजिन परिक्षण गर्दा कुल ८ हजार ९ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका २१४ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ४ हजार ४ सय ६६ पुगेको छ ।
यस दिन मुलुकभर ५ हजार ५५ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ। अहिले नेपालमा १ लाख ५ हजार २ सय ७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र ३ हजार ५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा २ हजार ७ सय ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जना नयाँ संक्रमित थपिएका हुन्।

