ओलीको चतुर चाल देखेर बाबुराम चकित !

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली एकपटक पुनः चतुर सावित भएका छन्।

भट्टराईले बिहिबार ट्वीट गर्दे प्रधानमन्त्री ओली एकपटक पुनः चतुर सावित भएको बताएका हुन्। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएको उनको भनाई छ।

संसदबाट प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहितको सरकार बनाउन दलहरूलाई दिएको तीन दिने समय गुज्रिएपछि भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको बताएका छन्।

भट्टराईले ट्वीट गर्दे भनेका छन्,”जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं”

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७८२२:२६

प्रधानमन्त्रीमा पुनः ओली नै