क्रान्तिकारी माओवादीले आगामी मङ्सिर १४ गतेको उपनिर्वाचन बहिष्कार गर्ने …

फाइल तस्बिर

काठमाडौँ : मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले आगामी मङ्सिर १४ गतेलाई तय भएको उपनिर्वाचन बहिष्कार गर्ने भएको छ ।

गत साउन २१ देखि २३ गतेसम्म बसेको पोलिटब्युरो बैठकले वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिष्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने भन्दै उपनिर्वाचनको सक्रिय बहिष्कार गर्ने निर्णय गरेको हो ।

नेकपा (क्रान्तिकारी माओवादी )ले पोलिटब्युरोको बैठकपछि जारि गरेको विज्ञप्तिमा भनिएको छ;‘सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिष्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने भएकोले उक्त उपनिर्वाचनको सक्रिय बहिष्कार गर्ने निर्णय लिइएको छ,’।

सरकारले प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तह समेत जम्मा ३६ जिल्लाका ५० स्थानमा रिक्त भएका पदहरुको पूर्ति आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी क्रान्तिकारी माओवादीको उक्त बैठकले भारतको संविधानमा धारा ३७० र ३५ (क) को व्यवस्था खारेज गरि काश्मीरको विशेष अधिकार खोसेकोमा विरोध जनाएको छ ।

प्रकाशित : आइतबार, साउन २६, २०७६१०:१७

५२ वर्षीय पुरुषद्वारा डरधम्की देखाई नातिनी उमेरकी बालिका करणी…